राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ जेष्ठ

काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका उनी आज बिहान डिस्चार्ज भएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया