प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्धा परेकाले तत्काल राजीनामा दिनुपर्छ : ज्ञानेन्द्र शाही
अखबार टुडे
प्रकाशित:
२०८०, २८ जेष्ठ

काठमाडौं, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीविरुद्ध युद्ध अपराध जस्तो मुद्धा सर्वोच्चमा दर्ता भएकाले नैतिक्ताको आधारमा प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बतएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री ज्यू यो संसदको सदस्य पनि हो । तर आज प्रधानमन्त्री ज्यूको विरुद्धमा सर्वोच्च अदालमा युद्ध अपराध जस्तो जघन्य अपराधको मुद्धा दर्ता भएको छ । सर्वोच्चले ३० गते हाजिर हुनु भनेर पत्र काटिसकेको छ । म सोध्न चाहन्छु ३० गते प्रधानमन्त्री अदालत जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल भएर जानुहुन्छ ? । युद्ध अपराधजस्तो कुरामा अदालतमा जानेजस्तो कुरामा देशले अपराध गरेको होइन, व्यक्तिले गरेको हो । त्यसकारण सम्माननीय प्रधानमन्त्री ज्यूले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ, नैतिक्ताको आधारमा पनि पदमा बसिरहनु मिल्दैन ।’

प्रधानमन्त्रीले राजीनामा दिएर मुद्दामा प्रभाव पार्न नमिल्ने उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डविरुद्ध आजै सर्वोच्चमा युद्ध अपराधको मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया