अर्थमन्त्री ज्यू, चुरे छुनुभयो भने देशमा आगो बल्छ : सांसद पन्त
अखबार टुडे
प्रकाशित:
२०८०, २५ जेष्ठ

काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई ‘चुरे’ पर्वन नछुन चेतावनी दिएका छन् । एमाले सांसद पन्तले सरकारले चुरे छुए देशमा आगो लाग्ने बताए ।

बिहीबारको प्रतिनिधिसभाको बजेटमाथिको छलफलमा भाग लिदै उनले भने, ‘अर्थ मन्त्री ज्यू, नीति तथा कार्यक्रममा आछ । तपाईको भाषणमा पनि आछ । बजेटमा पनि आछ । तर चुरे नछुनो होला, छुनु भयो भने देशमा आगो बल्छ ।’

प्राकृतिक संशाधन बेचेर देश कहिल्यै धनी नहुने र चुरेको ढुंगामाटो निर्यात गरेर मुलुकको खर्च टार्न नसकिने उनको भनाइ थियो । ढुङगा माटो, गिट्टी आफ्नै देशको विकास गर्न चाहिने पन्तले बताए ।

प्रतिक्रिया