चलचित्र ‘लोजिमा’को फस्टलुक सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०८०, २५ जेष्ठ

काठमाडौं, २५ जेठ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । प्रेमकथा एवं सामाजिक विषयवस्तु चित्रित यस चलचित्रको हालै फस्टलुक सार्वजनिक गरिएको हो ।

सागर सुब्बाको निर्देशन रहेको यस चलचित्रको पोस्टरमा नायिका बिमला लिम्बू र नायक आशाहाङ आङबोलाई फोकस गरिएको छ । पाथीभरा च्यानलको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा बिमला लिम्बूलाई शीर्ष भूमिकामा देखिँदैछिन् ।

यसै चलचित्रमार्फत ‘मिस टिन इन्डिया’ हँुदै ‘मिस टिन युनिभर्सल’की टप सेभेन साहारा हाङमा लिम्बुले नायिकाको रुपमा डेब्यु गर्दैछिन् । चलचित्रमा साहारा हाङमाको अपोजित भूमिकामा रुद्र पाहिमले अभिनय गरेका छन् ।

साथै, यसै चलचित्रमार्फत गायक एवं नृत्यकार आशाहाङ आङबो पनि नायकको रुपमा देखिने भएका छन् । चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी र छायाँकन रबिन्द्र बरालको रहेको छ ।

नरेश खरेलको शृँगार रहेको चलचित्रमा अशोक लोहरुङ राईको एरेन्ज रहेको छ भने गीतहरुमा स्वर मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको रहेको छ ।

यस चलचित्रमा बिमला लिम्बू, आशाहाङ आङ्बोका अलावा सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बु, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू, ज्ञानु खम्दाकलगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र ‘लोजिमा’ले लिम्बू संस्कृति, रहन–सहन र सामाजिक विषयवस्तुलाई चित्रण गर्ने निर्देशक सागर सुब्बाले बताए । ‘लोजिमा’ पोष्ट प्रोडक्शनको अन्तिम चरणमा रहेको भन्दै चाँडै रिलिज मिति सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया