सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ५४ अब नेपाली बजारमा, कति पर्छ मूल्य ?
अखबार टुडे
प्रकाशित:
२०८०, २४ जेष्ठ

काठमाडौं, २४ जेठ । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन 5G को साथ बजारमा ल्याएको छ । कम्पनीको यो नयाँ हाइ–रेन्ज स्मार्टफोनमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्द छ ।

६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्छन् । मोबाइल ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ ।

यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन्। यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न दिन्छ ।

ग्यालेक्सी एफ ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ । यसको अगाडी रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइ क्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ ।

अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ५४ निक्कै नै टिकाउ छ । उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ ।

२५वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जमा नै पुरा दिन मोबाइल चल्नेछ । यति मात्र हैन, ४ जेनेरेसन सम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टीड सुरक्षा अपडेट पनि पाउनुहुनेछ ।

यसमा रहेको “भ्वाइस फोकस“ ले आसपासको आवाजहरुलाई कम गर्छ र भोइस वा भिडियो कलको बेला तपाईँको आवाजलाई स्पष्ट बनाउँछ। यसको प्रयोगले प्रयोगकर्ताहरूलाई धेरै आवाज हुने ठाउँहरुमा पनि स्पष्टताका साथ कलहरू गर्न दिन्छ ।

ग्यालेक्सी एफ ५४ सिल्भर र निलो कलरमा उपलब्ध छ । यसको ८ं२५६ जीबी भेरियन्टको मूल्य रु।५२,४९९ रहेको छ । यो मोडल देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ ।

प्रतिक्रिया