बजेट सच्याउनुस्, सरकार असफल भयो भन्दैनौं : अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०८०, २३ जेष्ठ

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट सच्याउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने बताए । ‘सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौं । बजेट सच्याएबापतसरकार असफल भयो, सरकारले बजेट फे¥यो भन्दैनौं हामी,’ उनले भने ।

ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकीर गरे । अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दावी समेत गरे ।

प्रतिक्रिया