करका दर हेरफेरबारे सरकारको जवाफ माग्ने विपक्षी दलको तयारी
अखबार टुडे
प्रकाशित:
२०८०, २३ जेष्ठ

काठमाडौं, २३ जेठ । विपक्षी दलहरूले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएकोबारे सरकारको धारणा आउनुपर्ने बताएपछि प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ ।

एमाले, राप्रपा र रास्वपाले करका दर हेरफेर भएकोबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरु हुन ढिलाइ भएको हो । एमाले प्रमुख सचेतक पदम गिरीले यस विषयमा छानबिन समिति बनाउनुपर्ने वा सरकारले जवाफ दिनुपर्ने नत्र संसद् बैठक अवरुद्ध हुनसक्ने उनको भनाइ छ ।

यही विवादका कारण आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै पनि सुरु भएको छैन । यस बिषयमा अर्थमन्त्री डा। प्रकाशशरण महतले भने कुरा नबुझी गलत प्रचार गरिएको बताउँदै आउनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा पनि सरकारले जेठ १५ गते पेश गरेको आर्थिक वर्ष २०८०र८१ को बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेको छ । सोमबारबाट प्रतिनिधि सभामा बजेटमाथि छलफल सुरु भएको हो ।

प्रतिक्रिया