इराकसहित थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्ने सरकारको तयारी
अखबार टुडे
प्रकाशित:
२०८०, २१ जेष्ठ

काठमाडौं, २१ जेठ । सरकारले थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । सरकारले अहिले खुला रहेका १०८ देशमा थप ७१ देशमा पनि वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको हो ।

मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम रहेका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको जानकारी दिए । सचिव अर्यालले भने, ‘दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति दिन काम कारबाही अघि बढेको छ ।’

उनले इराकको अवस्था विगतको जस्तो नभएकोले नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको जानकारी दिए । नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य समबन्ध कायम गरेको छ । गर्दा १७९ वटा देशमा नेपालीले रोजगारीका लागि जान पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि १११ देश खुला भए पनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा रहेका छन् ।

प्रतिक्रिया