यस्तो छ गर्मीमा दही खानुको चार फाइदा
अखबार टुडे
प्रकाशित:
२०८०, २१ जेष्ठ

काठमाडौं, २१ जेठ । दूध जमाएर बनाएको र त्यसबाट नौनी, घिउ आदि बनाइने बाक्लो खाद्य पदार्थलाई दही भनिन्छ । गर्मी महिनामा धेरै खपत हुने गर्दछ दही ।

दही प्राय सबै जसोको भान्सामा प्रयोग भएको पाइन्छ । दहीले मनिसको शरिरमा पाचन प्रक्रियालाई नियमित राख्न मद्धत गर्दछ । गर्मीमा दहीको सेवनले शरीरको तापमान सन्तुलित राख्छ ।

दहीमा रहेको क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्वले शरीरको केहि आवश्यक्ता पुरा गर्छ । दहीका भिविन्न प्रकारका हुन्छन् । त्यसमध्य जुजु धौँ भक्तपुरमा प्रसिद्ध छ ।

नेपाली समाजमा प्रचलित दहीका प्रकार
एकराते : एक रात मात्र बितेको वा अघिल्लो दिन मात्र जमाइएको वा एक रातको दहीलाई एकराते दही भनिन्छ ।
चोक्रा : राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने दहीको ढिकालाई चोक्रा भनिन्छ ।
जुजुधौ : बेसरी तताएका दूधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको भादगाउँले दहीलाई जुजुधौ भनिन्छ ।
लहरे दहीः जमेको बाक्लो दहीलाई लहरे दही भनिन्छ ।

यस्तो छ दही खानुको फाइदा
१. पेटलाई सितलता
दहीलाई लस्सी बनाएर सेवन गर्दा पेटको गर्मी शान्त हुन्छ । पेटको कतिपय रोगमा दहीको सेवन लाभदायक मानिन्छ । अमेरिकी आहार विशेषज्ञका अनुसार दहीको नियमित सेवनले पेटको रोग लाग्न दिदैन ।

२. हृदय रोगमा बरदान
दहीमा हृदय रोग, उच्च रक्तचाप रोक्ने गजबको क्षमता हुन्छ । यसले अनियन्त्रित कोलेस्ट्रोल बढाउनमा रोक्छ । साथै मुटुको धड्कनलाई सहि राख्छ । मुटुको समस्या भएकाले दहीको सेवन गर्नु लाभदायक मानिन्छ ।

३. हड्डीको विकासमा सहयोगी
दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यसले हड्डीको विकासमा सहयोग गर्छ । साथै दाँतलाई पनि बलियो बनाउँछ । दहीले मांसपेशीलाई सहि ढंगले काम गराउन सहयोग गर्छ ।

४. तौल नियन्त्रण राख्न
अहिले मोटोपन घटाउने चिन्ताले धेरैलाई ग्रस्त बनाएको छ । यस्तो समस्या भोगिरहेकाहरुका लागि दहीको सेवन एकदमै लाभदायक हुन्छ ।

प्रतिक्रिया