लगातार सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०८०, १९ जेष्ठ

काठमाडौं, १९ जेठ । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हाल सम्मकै उच्च हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो । सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको सुन–चाँदी व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया