नेपाल र भारतबीच के-के भयो सम्झौता ? (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । नेपाल र भारतबीच विभिन्न समझौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत विभिन्न समझौतामा हस्ताक्षर गरेका हुन् ।

हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची यसप्रकार छन् ।

– भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन
– सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास
– नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन
– अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास
– सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी
– दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी
– फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता
– क्रस बोर्डर पेमेन्टबारे समझदारी

प्रतिक्रिया