सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०८०, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको सुन–चाँदी व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार जेठ १५ गतेसम्म प्रति केजी सुनमा ८ लाख ५० हजार रूपैयाँ भन्सार तिर्दै आएकोमा हाल भन्सार दर बढेर प्रति किलो सुनको १२ लाख ७५ हजार रूपैयाँ तिरेका छन् ।

प्रतिक्रिया