रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता
प्रकाशित:
२०८०, १६ जेष्ठ
काठमाडौं, १६ जेठ । टीकापुर घटनामा दोसी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् । लसर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन् । चौधरीलाई तीनै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै आजन्म कारावासको सजाय तोकेका थिए ।
प्रतिक्रिया