महोत्तरीमा हतियारधारी समूहद्वारा एनएमबि बैंकमा लुटपाट
अखबार टुडे
प्रकाशित:
२०८०, १६ जेष्ठ

महोत्तरी, १६ जेठ । महोत्तरीमा हतियारधारी समूहले बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट रकम लुटपाट गरेको हो ।

हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरूले ३५ लाख बढी रकम लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेका थिए । बैंक लुटपाट गरेपछि मोटरसाइकलमा दुईजना पर्सातिर र दुईजना प्रकौलितिर भागेका छन् । लुटपाट गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया