चीनले अन्तरिक्ष स्टेसनमा पठायो तीन अन्तरिक्षयात्री
अखबार टुडे
प्रकाशित:
२०८०, १६ जेष्ठ

काठमाडौं, १६ जेठ (एजेन्सी) । चीनले तीन जना अन्तरिक्षयात्रीलाई तियानगोङ अन्तरिक्ष स्टेसनमा पठाएको छ । उत्तरपश्चिम चीनको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ९ बजेर ३१ मिनेटमा सेन्जोउ–१६ अन्तरिक्ष यानमा रहेका तीन अन्तरिक्षयात्रीलाई लङ मार्च–२ एफ रकेटले अन्तरिक्ष स्टेसन लगेको हो ।

सेन्जोउ–१६ का तीन अन्तरिक्षयात्रीहरूले नोभेम्बरको अन्त्यमा अन्तरिक्ष स्टेसनमा पुगेर सेन्जोउ–१५ का अन्तरिक्षयात्रीहरूलाई प्रतिस्थापन गर्नेछ अर्थात यसअघि अन्तरिक्ष स्टेसन पुगेका र त्यहाँ वैज्ञानिक अनुसन्धान गरिरहको तीन अन्तरिक्षयात्री भने चाँडै पृथ्वीमा फर्किनेछन् ।

वर्तमान अवस्थामा हाल चीनको अन्तरिक्ष स्टेसन मोड्युल टी आकाको छ । उक्त स्टेसनलाई क्रस आकारको बनाउने योजना रहेको छ । चिनियाँ टेलिभिजन सीसी टीभीका अनुसार हाल अन्तरिक्षमा पठाइएका चिनियाँ अन्तरिक्षयात्री गुई हाइचाओ तियानगोङ अन्तरिक्ष स्टेसनमा पठाइएका पहिला गैरसेना अन्तरिक्षयात्री हुन् ।

हालसम्म यो स्टेसनमा चिनियाँ जनमुक्ति सेनाका सदस्य मात्र पुगेका थिए । ३६ वर्षीय गुईसहित यसपटक जिङ हाइपेङ र झु याङझुसलाई सेन्जोउ–१६ मिसनका लागि चीनको अन्तरिक्ष स्टेसन तियाङगोङमा पठाइएको छ । गुई बेइहाङ विश्वविद्यालयमा अन्तरिक्षयान गतिशीलता र नियन्त्रणसम्बन्धी विषयका प्राध्यापक हुन् ।

प्रतिक्रिया