टुडिखेलमा गणतन्त्र दिवश (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०८०, १५ जेष्ठ

काठमाडौं, १५ जेठ । आज १६औं गणतन्त्र दिवस मनाइएको छ । सैनिक मन्च टुडिखेलमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो ।

समारोहमा हेलिकोप्टरबाट पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको छ । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो । समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने बताए ।

नेपालमा बिक्रम संवत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया