काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
अखबार टुडे
प्रकाशित:
२०८०, १४ जेष्ठ

काठमाडौं, १४ जेठ । नेपालले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । नेपालले उज्वेकिस्तानलाई २५–२०, १६–२५, १५–२५ र १३–२५ को सेटमा पराजित गरेको हो । डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो ।

आज नै उपाधिका लागि भारत र काजकस्तानबीच खेल हुनेछ । यो खेल अपरान्ह ४ बजेपछि हुनेछ । दुवै टोली पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । यसअघिको दुवै संस्करणमा दुवै टोली सहभागी थिएनन् ।

दुवै बलियो टोली सहभागी नहुँदा नेपाल दुवै संस्करणमा च्याम्पियन बन्न सफल भएको थियो । च्यालेन्ज कपमा श्रीलंका पाँचौ, किर्गिस्तान छैटौं, माल्दिभ्स सातौं र बंगलादेश आठौं भएको छ ।

प्रतिक्रिया