वातावरण विज्ञानकी विद्यार्थी श्रीच्छाले चुमिन् ‘मिस नेपाल-२०२३’को उपाधि
अखबार टुडे
प्रकाशित:
२०८०, १३ जेष्ठ

काठमाडौं, १३ जेठ । ‘मिस नेपाल वर्ल्ड–२०२३’को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा श्रीच्छा यस वर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि जित्न सफल भएकी हुन् ।

उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेसनल’ र रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि जिते । यस वर्ष अन्य १२ वटा सहविधामा पनि विजेता घोषणा गरिएको छ ।

‘मिस नेपाल’ विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा हुन् । उनी वातावरण विज्ञानमा स्नातक अध्ययनरत छिन् । आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउाँ रुचाउने २३ वर्षीया श्रीइच्छाले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधा समेत जितिन् ।

समारोहमा ‘मिस पपुलर च्वाइस’ प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ ‘मिस फिटनेस क्वीन’ र ‘मिस इन्टलेक्चुअल’, ग्रिष्मा अधिकारी ‘मिस ग्ल्यामर’, ‘मिस कन्फिडेन्ट’ प्रज्ञा बज्राचार्य, ‘मिस हेल्दी स्किन’ रायना मजगैयाँ, ‘मिस मल्टिमिडिया’ सुहानी खड्का क्षेत्री, ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ श्रीइच्छा प्रधान, ‘वुमन थि द विंग्स’ उन्नती गुरुङ, ‘मिस फोटोजेनिक’ कीर्तिक खड्का, ‘मिस ब्यूटी विथ द पर्पस’ आयुष्मा बराल घोषित भए ।

हिडेन ट्रेजरद्वारा आयाजित कार्यक्रममा गायिका अभय सुब्बाले आफ्नो प्रस्तुती दिएकी थिइन् ।

प्रतिक्रिया