पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित ८० नेतालाई देश बाहिर जान प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०८०, १२ जेष्ठ

काठमाडौं, १२ जेठ (एजेन्सी) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार देश छाड्न प्रतिबन्ध लगाइएकाहरुमा पीटीआइका अरु ८० जना नेताहरु पनि रहेको जनाइएको छ । पछिल्लो पटक सरकारले खानसहित झण्डै ६ सय जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो ।

खानमाथि प्रति आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ । यही मे को सुरुमा पाकिस्तान सरकारले खानलाई पक्राउ गरेपनि देशभर भड्किएको हिंसामा करिव १० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया