नेपाल खबर

बाग्मती प्रदेशमा घट्यो गाडीभाडा, काठमाडौं उपत्यकामा कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

काठमाडौं, १२ जेठ । काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घटेको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती सरकारले यसपटक मूल्य घटाएको हो ।

घटेको भाडा हिजोदेखि लागू भएको छ । काठमाण्डौ उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा न्यूनतम भाडा १९ रुपैयाँ कायम भएको छ । यसअघि पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ रहेकोमा अहिले १ रुपैयाँ घटेको हो ।

यस्तै, १० किलोमिटरसम्मको गाडीभाडा २७ रुपैयाँबाट २५ रुपैयाँ, १५ किलोमिटरसम्मकोमा ३२ रुपैयाँबाट ३० रुपैयाँ, २० किलोमिटरसम्मकोमा ३५ रुपैयाँबाट ३३ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथिकोमा ४० रुपैयाँबाट ३८ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका चल्ने सार्वजनिक सवारी र महालवाहक सवारीको भाडा दर पनि घटेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top