सांसद पद खारेज गर्न माग गर्दै रवि लामिछानेविरुद्ध मुद्दा दर्ता
अखबार टुडे
प्रकाशित:
२०८०, १० जेष्ठ

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गर्दै युवराज पौडेलले सर्वेच्चमा मुद्दा दर्ता गराएका हुन् ।

लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपि लिएको रिट निवेदनमा जिकिर गरिएको छ । सोही प्रतिलिपिका आधारमा लामिछाने उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ । आज दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइका लागि जेठ १७ गते पेशी तोकिएको छ ।

प्रतिक्रिया