९९.२५ प्रतिशतले समर्थन गरेको मजस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, ९ जेष्ठ

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताएका छन् । मंगलबार राष्ट्रिय सभामा सरकारको नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले नेपालको इतिहासमा प्रधानमन्त्री मौलिक भएको बताएका हुन् ।

उनले भने, ‘अघिल्लोपटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ मचाहिँ । यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन, नेपालको इतिहासमा मौलिक भेटिएको छ । ९९. २५ प्रतिशतले समर्थन गरेको, प्रतिनिधि सभाको शत प्रतिशतले समर्थन गरेर बनेको प्रधानमन्त्री भेटिदैन ।

प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी बर्षमा जे जति काम गर्न सक्छ त्यसलाई नै आधार बनाएर नीति तथा कार्यक्रम तयार गरिएको भन्दै अहिलेको नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा नभएको स्पष्पट पारे ।

नीति तथा कार्यक्रमले धेरै र राम्रा कुरा समेटेको भन्दै कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे । ‘नीति तथा कार्यक्रमले धेरै र राम्रा कुरा समेटेको छ । तर कार्यान्वयन त हुन्छ ? भन्ने संशययुक्त शङ्का व्यत्तः गर्नुभएको छ । त्यो शङ्का नगर्न म सबै माननियहरुलाई आग्रह गर्न चाहन्छु ।’

नीति तथा कार्यक्रम सरकारको सोच, लक्ष्य र गन्तव्य प्रस्ट रुपमा आएको उनले बताए । उनले नीति तथा कार्यक्रमलाई दीर्घकालीन सोच मात्र नभइ त्यसलाई व्यावहारिक कार्यान्वयन गर्ने रणनीतिहरु समेत लिइएको बताए ।

प्रतिक्रिया