‘लिटिल मिस एन्जल नेपाल’मा ३२ जना बालबालिका प्रतिस्पर्धा गर्दै
अखबार टुडे
प्रकाशित:
२०८०, ९ जेष्ठ

काठमाडौं । ‘लिटिल मिस एन्जल नेपाल–२०२३’मा ३२ जना बालबालिका प्रतिस्पर्धा गर्दैछन् । उनीहरुलाई आयोजक संस्था कलश ईभेन्टस्ले आत्मविकासलगायत विभिन्न विधामा प्रशिक्षण दिइरहेको छ ।

‘लिटिल मिस एन्जल नेपाल’को यो चौथो संस्करण हो । प्रतियोगितामा ९ वर्षदेखि १३ वर्ष उमेर समूहका बालबालिका सहभागी रहेको आयोजक संस्थाका प्रबन्धक निर्देशक सञ्जय महर्जनले जानकारी दिए ।

प्रतियोगीहरुलाई कोरियोग्राफर रोहिया मर्हजनले तालिम दिइरहेका छन् । प्रतियोगीहरुलाई संस्कृति र सम्पदा, दैवी प्रकोप, क्याटवाकलगायत आत्मविकासबारे आयोजक संस्थाले प्रशिक्षण दिँदै आएको छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही जेठ २७ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक संस्थाका प्रबन्धक निर्देशक महर्जनले बताएका उृनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

प्रतिक्रिया