तीन दिनसम्म देशभर बदली र वर्षा हुने
अखबार टुडे
प्रकाशित:
२०८०, ९ जेष्ठ

काठमाडौं, ९ जेठ । अबको तीन दिनसम्म देशभर बदली र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिनसम्म पानी पर्ने जनाएको हो ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले आजदेखि दुई–तीन दिनसम्म पानी पर्ने तर लगातार झरी भने बताए । उनका अनुसार आज देशभर नै सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ । बिहानैदेखि लुम्बिनी, गण्डकी, बागमतीका थोरै स्थानमा पानी पनि परिरहेको छ ।

आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पनि कोशी, बागमती पहाडी भूभागहरुमा वर्षाको सम्भावना छ । मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि राति पानी पर्ने सम्भावना छ ।

भोलि मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको मौसमविद झाले जानकारी दिए । ‘समग्रमा भन्दा अबको दुई–तीन दिनलाई मौसमी प्रणाली सक्रिय भएर बदली र वर्षाको सम्भावना छ,’ उनले भने ।

प्रतिक्रिया