रुसद्वारा पूर्वराष्ट्रपति बाराक ओबामालगायत ५०० अमेरिकनलाई प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०८०, ७ जेष्ठ

काठमाडौं, ७ जेठ (एजेन्सी) । रुसले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामासहित ५०० जनालाई प्रतिबन्ध लगाएको छ । रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो ।

यसअघि अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो । त्यसकै जवाफस्वरुप रुसले ओबामालगायत ५०० जनालाई प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ ।

सिएनएनका अनुसार सो प्रतिबन्धको सूचीमा पूर्व राष्ट्रपति बाराका ओबामा, पूर्वअमेरिकी राजदूत जोन हन्ट्सम्यान, धेरैजसो अमेरिकी सिनेटरहरू, चार्ल्स क्यू ब्राउन जुनियरलगायत समावेश रहेका छन् ।

प्रतिक्रिया