एक दशकअघि लोकप्रिय, अहिले भिडियो सार्वजनिक (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८०, ७ जेष्ठ

काठमाडौं, ७ जेठ । करिब १ दशकअघि एफएम रेडियोमा सर्वाधिक बजेको र धेरै श्रोताको मनमुटुमा बस्न सफल गीत ‘तिमीले साथ’को अफिसिएल म्युजिक भिडियोसहित यस गीतका गीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र श्रेष्ठ प्रडक्सन’मार्फत सार्वजनिक भएको छ ।

त्यति बेलाको म्युजिक एण्ड एक्सरे ब्याण्डका गायक जितेन लेप्चाको गीतमा स्वर रहेको छ । एल्बम फरकमा समावेश यस गीतलाई रन्जना अडियो क्यासेटले उत्पादन गरेको थियो । पुरुषोतम श्रेष्ठले छायाँकन गरेको भिडियोमा सारा गुरुङ र सुमन लामाको अभिनय रहेको छ ।

बिजेन्द्र गुरुङले सम्पादन गरेको भिडियोमा राजिव शर्माको निर्देशन रहेको छ । केही वर्षअघि गायक लेप्चाले समेत यो गीतलाई नयाँ संगीत संयोजनसहित सार्वजनिक गरिसकेका छन् । यो गीत आज पनि दर्शक स्रोतामाझ उत्तिकै लोकप्रिय छ ।

प्रतिक्रिया