आजको मौसम : यी चार प्रदेशका विभिन्न भूभागमा वर्षाको सम्भावना
प्रकाशित:
२०८०, ७ जेष्ठ
काठमाडौं, ७ जेठ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज आइतबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । यी चारै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राती भने कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार