नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि एडीबीको ३० करोड डलर
अखबार टुडे
प्रकाशित:
२०८०, ५ जेष्ठ

काठमाडौं, ५ जेठ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।

भारत र बंगलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति त्यो रकम ऋण उपलब्ध गराउने निर्णय भएको हो । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग कोरिडोरको हिस्साको रूपमा पूर्व–पश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडीबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन् ।

मनिलामा रहेको बैंकको प्रधान कार्यालयले बुधवार त्यो ऋण स्वीकृत गरेको हो । अब बन्ने अन्तर्राष्ट्रियस्तरको त्यो सडकमा ट्राफिक सङ्केत, सडक बत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् ।

प्रतिक्रिया