माओवादीका २० सदस्यीय टोली चीन प्रस्थान
अखबार टुडे
प्रकाशित:
२०८०, ५ जेष्ठ

काठमाडौं, ५ जेठ । नेकपा माओवादी केन्द्रका नेताहरू १० दिने भ्रमणका लागी आज चीन प्रस्थान गरेका छन् । माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली चीनको छिन्दु प्रस्थान गरेका हुन् ।

अनुभव आदानप्रदानका लागि चीन प्रस्थान गरिएको भ्रमण टोलीका सदस्य अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकरी दिए ।

भ्रमण दलमा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा सहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरू तथा केन्द्रीय नेताहरू रहेको मैनालीले बताए ।

प्रतिक्रिया