साफ च्याम्पियनशिप ’ड्र’ : नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान
प्रकाशित:
२०८०, ३ जेष्ठ

काठमाडौं, ३ जेठ । १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । बुधवार सार्वजनिक भएको ‘ड्र’ अनुसार नेपाल, भारत, कुवेत र पाकिस्तान एउटै समूहमा परेको हो ।
नेपाल समूह ‘ए’ मा रहेको छ । यसतै, समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने साफ च्याम्पियनशिप आउँदो असार ६ देखि १८ गतेसम्म भारतमा हुनेछ ।
नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो । फुटबलको सर्वाेच्च निकाय फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलङ्का रहेको छैन । यो संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा खेल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित
देशमा पश्चिमी तथा स्थानीय वायु प्रभाव, यी पाँच प्रदेशमा वर्षाको सम्भावना
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा