संसद् र सरकार अरूले नै चलाउँदो रहेछ, हामी त डमी मात्रै रहेछौं : मन्त्री किराँती
अखबार टुडे
प्रकाशित:
२०८०, २ जेष्ठ

काठमाडौं, २ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् ।

मंगलबार संघीय संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै करातीले आफूले मन्त्रीको रूपमा सो अनुभूति गरेको बताएका हुन् ।

उनले भने, ‘यहाँ अरूले नै संसद चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौं । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेशको मान्छे मात्रै रहेछौं । मलाई लागेको कुरा यो हो ।’

उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई आग्रह गरे । संसदमा बल दिएमात्रै आफूहरूले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ थियो ।

मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषदबाट पास गराएर संसदमा पेश गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए । मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरू आवश्यक नभएको तर्क समेत गरे ।

प्रतिक्रिया