शरणर्थी प्रकरणमा आरजुले भनिन्– फेक अडियो बनाएर मेरो चरित्रमाथि बलात्कार गरियो
प्रकाशित:
२०८०, १ जेष्ठ
काठमाडौं, १ जेठ । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको बोल्दै सांसद राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताएकी हुन् ।
उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो भने यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो ।’
उनले सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भएपनि हालसम्म छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले त्यो व्यहोरिरहेको बताइन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार