टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
अखबार टुडे
प्रकाशित:
२०८०, १ जेष्ठ

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रकरणमा मुछिएका रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

यसअघि पक्राउ परेका १२ जनाविरुद्ध भने अदालतले आइतबार ४ दिनको समय प्रदान गरिसकेको छ । रायमाझी आइतबार राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । वैशाख २० गते नै रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भएपनि उनी फरार रहँदै आएका थिए ।

प्रतिक्रिया