नेफ्टा अवार्डको मनोनयन घोषणा, ‘छक्कापञ्जा ४’ सर्वाधिक १५ विधामा (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, १ जेष्ठ

काठमाडौं, १ जेठ । एघारौँ संस्करणको नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । अमेरिकाको टेक्सासमा २०२३ जुलाई २२ मा हुने तयारीमा रहेको अवार्डका लागि आयोजकले आइतबार उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।

आइतबार सोल्टी होटलमा आयोजना गरिएको समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनीतलाई प्रमाणपत्र वितरण गरेका थिए । यस संस्करणमा छक्कापञ्जा ४, कबड्डी ४, ऐना झ्यालको पुतली र फूलबारीको वर्चस्व देखिएको छ ।

‘छक्कापञ्जा ४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनीत हुँदा ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ समान ११/११ विधामा छानिएका हुन् भने फिल्म ‘फूलबारी’ ९ विधामा मनोनीत भएको छ ।

समारोहमा उपराष्ट्रपति यादवले गणतन्त्र आएपछि नेपाली फिल्मलाई देश तथा विदेशमा फैलाउने अवसर प्राप्त भएको बताउनुहुँदै धर्मनिरपेक्षा, सङ्घीयता र समावेशिताजस्ता संवैधानिक व्यवस्थाको प्रवर्द्धनमा पनि फिल्मले उल्लेखनीय योगदान दिएको बताए । उनले बहुभाषा र बहुसंस्कृति नेपालका मौलिक पहिचान भएकाले यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी रहेकोसमेत बताए ।

समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ फिल्मकर्मीहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसालसहित फिल्म र सङ्गीतकर्मी समारोहमा उपस्थित थियो । चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन (पुष्कर लामा)ले नेपाली फिल्मलाई विदेशी बजार र डायस्पोरामा फैलाउने मुख्य उद्देश्यले अवार्ड गर्न लागिएको बताए ।

यसअघिका पाँच संस्करण विदेशमा गरेको नेफ्टाले यो संस्करण भने आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गने भएको छ । फेम नेपाल, युएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् । यसपटक ३० भन्दा बढी फिल्मकर्मी अवार्डमा सहभागी हुन् अमेरिका जाँदैछन् ।

यस्तो छ मनोनयन सूची :

सर्वश्रेष्ठ फिल्म
– कबड्डी ४
– छक्कापञ्जा ४
– ऐना झ्यालको पुतली
– द सेक्रेट्स अफ राधा
– चिसो मान्छे

सर्वश्रेष्ठ निर्देशक
रामबाबु गुरुङ – कबड्डी ४
हेमराज बीसी – छक्कापञ्जा ४
सुवर्ण थापा – द सेक्रेट्स अफ राधा
दीपेन्द्र के खनाल – चिसो मान्छे
ज्ञानेन्द्र देउजा – झिंगेदाउ

सर्वश्रेष्ठ अभिनेता
बिपिन कार्की – फूलबारी
दयाहाङ राई – कबड्डी ४
दीपकराज गिरी – छक्कापञ्जा ४
अनमोल केसी – ए मेरो हजुर ४
प्रदीप खड्का – प्रकाश

सर्वश्रेष्ठ अभिनेत्री
अरुणा कार्की – फूलबारी
स्वस्तिमा खड्का – चिसो मान्छे
मेनुका प्रधान – पानीफोटो

सृष्टि श्रेष्ठ – द सेक्रेट्स अफ राधा
मिरुना मगर – कबड्डी ४

सर्वश्रेष्ठ सहायक अभिनेता
रवि गिरी – ए मेरो हजुर ४
खगेन्द्र लामिछाने – द सेक्रेट्स अफ राधा
केदार घिमिरे – छक्का पञ्जा ४
सौगात मल्ल – कबडडी ४
दयाहाङ राई – फूलबारी

सर्वश्रेष्ठ सहायक अभिनेत्री
दीया मास्के –,प्रकाश
हिउँवाला गौतम – झिंगेदाउ
सिरु विष्ट – ऐना झ्यालको पुतली
लक्ष्मी वर्देवा – प्रेमगीत ३
दीपाश्री निरौला – छक्कापञ्जा ४

सर्वश्रेष्ठ डेब्यु अभिनेता
सुशिल खड्का – नालापानी
कुशल विष्ट – झिंगेदाउ
निशान चौहान – डेसान
दिनेश खत्री – ऐना झ्यालको पुतली
राइडर प्रसन – प्रेमगञ्ज

सर्वश्रेष्ठ डेब्यू अभिनेत्री
कृष्टिना गुरुङ – प्रेमगीत ३
कन्चन चिमरिया – ऐना झ्यालको पुतली
रक्षा बुढाथोकी – लाखे
सुप्रिया खनाल – प्रेमगन्ज
गौमाया गुरुङ – कबड्डी ४

सर्वश्रेष्ठ रङ संयोजन
रजन राना – द सेक्रेट्स अफ राधा
राजेन्द्र मोक्तान – ऐना झ्यालको पुतली
राजेन्द्र मोक्तान – ए मेरो हजुर ४
कपिल पराजुली – छक्का पन्जा ४
अर्जुन कार्की – कबड्डी ४

सर्वश्रेष्ठ छायांकार
नरेन्द्र मैनाली –छक्का पन्जा ४
सञ्जय लामा –ए मेरो हजुर ४
अमर महर्जन –ऐना झ्यालको पुतली
राजेश श्रेष्ठ –प्रकाश
नरेन्द्र मैनाली –द सेक्रेट्स अफ राधा

सर्वश्रेष्ठ सम्पादन
विपिन मल्ल – नालापानी
किरण श्रेष्ठ – ऐना झ्यालको पुतली
निमेष श्रेष्ठ – द सेक्रेट्स अफ राधा
निमेष श्रेष्ठ – छक्का पन्जा ४
निमेष श्रेष्ठ – कबड्डी ४

सर्वश्रेष्ठ पटकथा
सुजित बिडारी – ऐना झ्यालको पुतली
सुवर्ण थापा – द सेक्रेट्स अफ राधा
रिमेश अधिकारी– कृष्ण आचार्य – नालापानी
रामबाबु गुरुङ–उपेन्द्र सुब्बा – कबड्डी ४
उपेन्द्र सुब्बा – फूलबारी

सर्वश्रेष्ठ पाश्र्व ध्वनि
शैलेश श्रेष्ठ – ए मेरो हजुर ४
संगम पन्त – ऐना झ्यालको पुतली
सुजिल कर्माचार्य – छक्का पन्जा ४
रोहित शाक्य– शैलेश श्रेष्ठ – छक्का पन्जा ४
रोहित शाक्य– शैलेश श्रेष्ठ – फूलबारी

सर्वश्रेष्ठ ध्वनि मिश्रण
उत्तम न्यौपाने – फूलबारी
सुनयमान श्रेष्ठ – छक्का पन्जा ४
अमित श्रेष्ठ – ए मेरो हजुर ४
उत्तम न्यौपाने – लाखे
अमित श्रेष्ठ – मन्त्र

सर्वश्रेष्ठ द्वन्द्व निर्देशक
रोशन श्रेष्ठ – नालापानी
रोशन श्रेष्ठ – झिँगेदाऊ
हिमाल केसी – प्रेमगीत ३
सम्राट बस्नेत – लाखे
एनबी महर्जन/कुमार महर्जन – सोल अफ द कमाण्डो

सर्वश्रेष्ठ कला निर्देशक
आशिका शर्मा – प्रकाश
काला संग्रौला – ऐना झ्यालको पुतली
विनोद कडायत – प्रेमगीत ३
कृष्ण राई/उद्धवराज भट्टराई – नालापानी
पासाङ टी शर्मा – मन्त्र

सर्वश्रेष्ठ भेशभुषा
सुजनरत्न परियार – द सेक्रेट्स अफ राधा
बिनिता कडायत – चिसो मान्छे
जानकी कडायत – ऐना झ्यालको पुतली
कमलप्रसाद मिश्र – नालापानी
सुनिता श्रेष्ठ – छक्का पन्जा ४

सर्वश्रेष्ठ श्रृंगार र हेयर
शमशेर लामा/झरना राई – द सेक्रेट अफ राधा
शमशेर लामा – चिसो मान्छे
रवि केसी/निशा लामा – नालापानी
मनोज तामाङ/काव्या थापा – ए मेरो हजुर ४
श्रद्धा मास्के/सरस्वती श्रेष्ठ – छक्का पन्जा ४

सर्वश्रेष्ठ नव–निर्देशक
सुजित बिडारी – ऐना झ्यालको पुतली’
खगेन्द्र लामिछाने – पानी फोटो
शिवहरि पौडेल – लक्का जवान
परिच्छेद सेन – प्रेमगन्ज
रिमेश अधिकारी – नालापानी

सर्वश्रेष्ठ भीएफएक्स
अच्युत गजुरेल – नालापानी
गड रेज पिक्चर्स – प्रेमगीत ३
द पिक स्टुडियो – झिँगेदाउ
समिर मिया – प्रेमगन्ज
सत्यम राना/अच्यूत बजगाईं – ए मेरो हजुर ४

सर्वश्रेष्ठ गीतकार
आमाको मन – प्रमोद ढुंगाना (झिँगेदाउ)
फेरी भेट होला नहोला – कृष्णहरि बराल (प्रेमगन्ज)
आज युद्ध शिरमा छ – सुजिल कर्माचार्य (नालापानी)
सिरुपाते जुँगामा – शंकर अधिकारी घायल (छक्का पन्जा ४)
उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)

सर्वश्रेष्ठ संगीतकार
उड उड चरी उड – कालिप्रसाद बासकोटा÷अनुपम शर्मा (फूलबारी)
आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४)
सिरुपाते जुंगामा – बबुल गिरी (छक्का पन्जा ४)
फेरि भेट होेला नहोला – गैरे सुरेश (प्रेमगन्ज)
कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलीला)

सर्वश्रेष्ठ गायन पुरुष
उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)
आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४)
सिरुपाते जुँगामा– बाबुल गिरी (छक्का पन्जा ४)
बाबरी रंगमा रंगिएर – अनमोल गुरुङ (बाबरी)
कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलिला)

गायन महिला
कुनै दिन यस्तो – अन्जु पन्त (कृष्ण लिला)
फेरी भेट होला नहोला – स्वस्किा ठकुरी (प्रेमगन्ज)
बाबरी रंगमा रंगिएर – अस्मिता अधिकारी (बाबरी)
मीठो मीठो मन भित्र – देबान्जली बी जोशी (ह्यारी की प्यारी)
हर युग होस – प्रविशा अधिकारी (प्रेमगीत ३)

सर्वश्रेष्ठ नृत्य निर्देशक
घिन घिन ताङ – कविराज गहतराज (छक्का पन्जा ४)
माया जदौ – कविराज गहतराज (हिजो आजका कुरा)
मन त सँधै लक्का जवान – कविराज गहतराज (लक्का जवान)
आगो बिना बिँडी जल्दैन – रामजी लामिछाने (झिंगेदाउ)
हात्ती ढुंगामा – कविराज गहतराज (प्रेमगीत ३)

प्रतिक्रिया