घुम्नै पर्ने विश्वका उत्कृष्ट गन्तव्यमा मुस्ताङ पनि
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ बैशाख

काठमाडौं, ३१ वैशाख । सन २०२३ का लागि घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ । अमेरिकी समाचार संस्था सीएनएनले सार्वजनिक गरेको सन् २०२३ मा घुम्नै पर्ने विश्वका विभिन्न देशका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङलाई पनि समावेश गरेको हो ।

नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ । हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको छ ।

तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन् । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् ।

पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन् । साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।

मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो। यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ । काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ ।

हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ । सिएनएनले मुस्ताङबाहेक पोल्याण्ड, कायरो, लाओसलगायतका सहरहरूलाई उल्लेख गरेको छ ।

प्रतिक्रिया