नेविसंघको प्रश्न : सभापतिज्यू खाणलाई किन निलम्बन नगरेको ? (तस्वीरहरू)
प्रकाशित:
२०८०, ३१ बैशाख
काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । नविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई किन निलम्बन नगरेको भन्दै सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
सेतो लुगामा कागजको हतकडी लगाएर प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले दाजुभाउजुमात्रै नभई भ्रष्टाचारमा मुछिए आफ्नै आमाबुवालाई समेत नछाड्न भनेका छन् ।
काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क जमल हुँदै परिक्रमा गरको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार