सर्ट फिल्म ‘तुवाँलो भित्र’ बोक्सीको कथा
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ बैशाख

काठमाडौं, ३१ बैशाख । सर्ट फिल्म ‘तुवाँलो भित्र’ निर्माण भएको छ । डिमलाईट मुभि एण्ड डिस्टिब्युसन प्रा.लिको ब्यानरमा निर्माण भएको यस सर्ट फिल्ममा नेपाली समाजमा रहेको बोक्सीको कुप्रथालाई चित्रण गरिएको छ ।

विशेषगरी नेपालको मध्य पहाडी क्षेत्रमा परापुर्वकालदेखि समाजमा जरो गाडेको उक्त कुप्रथालाई फिल्ममा देखाउन खोजिएको छ । फिल्ममा सावित्री पात्रलाई बोक्सीका रुपमा देखाइएको छ । उनी एकल महिला हुन्छिन् साबित्री । उनी आफुले जानेको सिलाईको काम गरेर रोजी रोटी चलाइरहेकी हुन्छिन् । गाउँमा अचानक बालबालिकाहरु बिरामी हुन्छन् । सोझी साबित्रीलाई गाउँका प्रतिष्ठित मुखिया र उनका आसेपासेलगायत केही महिलाले बालबालिका विमारी हुनुको कारण सावित्रीलाई दोष लगाउँछन् ।

त्यसक्रममा मुखियाले गाउँलेले भेला गरेर साबित्रीलाई दव्र्यवहार गर्दै गरिन्छ । र अन्तमा गाउँले सावित्रीलाई दिसा खुवाएर साबित्रीलाई मार्छन् । नेपाली समाजमा निर्दोष महिलालाई बोक्सी नाममा हिंसा गरिन्छ भन्ने सर्ट फिल्म ‘तुवाँलो भित्र’मा निर्देशक सन्तोष ढकालले चित्रण गरेका छन् ।

सोनाम मोक्तानको लेखन र सुवास गौतममको मुख्य सहायक निर्देशन रहेको यो सर्टफिल्म भारतको केरालामा हुने अन्तर्राष्ट्रिय सर्टफिल्म फेस्टिवलमा समेत छनोट भइसकेको निर्माण पक्षले जनाएको छ । यस फिल्ममा हिउँवाला गौतम, सन्तोष ढकाल, रबि केसी, शंकरराज पहाडी, अञ्जली शाह, सुष्मा लामा, विसाल बराल, सबिना धमलालगायतले अभिनय गरेका छन् ।

फिल्ममा शृँगार रबि केसी र निर्माण नियन्त्रणमा ईश्वर पुडासैनी रहेका छन् । डिमलाईट स्टुडियोमा सम्पादन गरिएको यस फिल्ममा पाश्र्वसंगीत एलिस कार्कीको रहेको छ । यस सर्टफिल्मलाई सोनाम मोक्तानले निर्माण गरेका हुन् ।

प्रतिक्रिया