मौद्रिक नीतिको समीक्षा : बैंकदर १ प्रतिशतले घट्यो, कर्जा पुनः तालिकीकरण सुविधा (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०८०, २९ बैशाख

काटमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (२०७९/८०) को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही लचिलो नीति लिएको छ । केन्द्रीय बैंकको तेस्रो त्रैमासको समीक्षाअनुसार बैंकदर १ प्रतिशतले घटाएको छ । यसअघि ८.५ प्रतिशत रहेको बैंकदरलाई १ प्रतिशतले घटाउँदै ७.५ प्रतिशतमा झारेको हो ।

नीतिगत दरलाई ७ प्रतिशतमा यथावत् राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ । ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको थियो । फलस्वरूप, अन्तर बैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमी आएको छ । दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई बैंकले निरन्तरता दिएको छ ।

यसतै, कर्जाको पुनः तालिकीकरण र पुनः संरचना गर्ने व्यवस्था पनि गरिएको छ । यो सुविधा होटल, रेष्टुराँ, यातायात तथा निर्माण क्षेत्रका कम्पनीले मात्रै पाउने छन् । अन्य क्षेत्रको कर्जाको लागि भने ५ करोडसम्मको कर्जाले यस्तो सुविधा पाउने छन् । मौन्द्रिक नीतिले सेयर कर्जा र धितो भने यथावत् नै राखेको छ ।

यस्तो छ, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा :

प्रतिक्रिया