नक्कली शरणार्थी प्रकरणबारे ओली : तथ्य-प्रमाणसहित ४ गते संसदमा बोल्छु
अखबार टुडे
प्रकाशित:
२०८०, २८ बैशाख

काठमाडौं, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आफू संसदमा तथ्य–प्रमाणसहित बोल्ने बताएका छन् ।

बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् ।

उनले भने, ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । संसदमा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु ।’ यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीले दाबी गरेका छन् ।

प्रतिक्रिया