नराम्रा काम गर्दै नगर्ने भनेर लागेका छौँ : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, २७ बैशाख

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् । निर्मल लामाको २३ औँं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्ने बताएका हुन् ।

उनले भने, ‘यहाँहरूले देखिराख्नु भएको छ । हामी सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले अघि बढाइरहेका छौँ । सानादेखि ठूलासम्म राम्रा काम गर्ने, राम्रा बाहेक नराम्रा गर्दै नगर्ने भनेर हामी लागेका छौँ । मलाई विश्वास छ सुशासन, न्याय र समृद्धिका निम्ति हामीलाई सम्पूर्ण इमान्दार, क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाज र आम नागरिकको पनि साथ हुनेछ ।’

राजनीतिमा जटिलता आइरहने भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि केही जटिलता रहेको बताए । उनले सुशासनका लागि सरकार गम्भीर भएर अठोटका साथ अगाडि बढेको बताए ।

प्रतिक्रिया