एमालेले गर्यो पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन
प्रकाशित:
२०८०, २७ बैशाख
काठमाडौं, २७ वैशाख । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई पार्टी निलम्बन गरिएको जानकारी दिए ।
‘केन्द्रीय सचिवालयको निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने नाममा ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले वारेन्ट जारी गरेपछि हाल फरार छन् रायमाझी। प्रहरीले उनको खोजी तीव्र पारेको छ । प्रहीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईआबी)ले समेत उनको खोजी गरिरहेको छ ।
प्रतिक्रिया