‘सुस्तरी सुस्तरी’मा रोमाण्टिक मुडमा देखिए नग्मा र प्रवीण (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८०, २६ बैशाख

काठमाडौं, २६ वैशाख । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको ‘सुस्तरी सुस्तरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द नविन श्रेष्ठको रहेको छ । गीतलाई हङकङ निवासी वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठले संगीतवद्द गरेका छन् । गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र प्रवीण डिसी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । दिनेश पराजुलीले छायाँकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । जस बहादुर याक्खा (जसु)को निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो संगीतकार श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘नागेन्द्र श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया