पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, २६ बैशाख

काठमाडौं, २६ वैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खानलाई गिरफ्तार गरिएको छ । उनलाई मंगलबार इस्लामावाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले हिरासतमा लिएको हो ।

बीबीसीका अनुसार खानलाई कुन विषयमा गिरफ्तार गरिएको हो त्यो खुलाइएको छैन । इमरान खानको पार्टी पिटिआईका नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर इमरान खानको गाडीलाई रेन्जरले घेरेका थिए ।

हालै उनी तोसाखान भ्रष्टाचारकाण्डमा मुछिएका थिए । सरकारमा हुँदा विदेशबाट प्राप्त सरकारी उपहार उनले बेचेर करोडौँ रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ ।

प्रतिक्रिया