भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्छ : महामन्त्री शर्मा
अखबार टुडे
प्रकाशित:
२०८०, २६ बैशाख

काठमाडौं, २६ वैशाख । सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रि–बजेटको छलफलमा भाग लिँदै सांसद शर्माले भ्रष्टाचारविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताएका हुन् ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताउदै उनले भने, ‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पु¥याउनुपर्छ भन्ने अपिल र आग्रह गर्न चाहन्छु । भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’

भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा ‘निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न’ भन्ने दृष्टिकोण लिनुपर्ने शर्माले बताए । सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभास रहेको पनि शर्माले बताए । भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने शर्माको भनाइ छ ।

प्रतिक्रिया