प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता
अखबार टुडे
प्रकाशित:
२०८०, २६ बैशाख

काठमाडौं, २६ वैशाख । प्रमुख तीन ठूला दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

तीन शीर्ष नेताहरूबीच राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयक, संसदीय सुनुवाइ समिति गठन, संवैधानिक परिषद्सम्बन्धी विधेयक, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणले शीर्ष नेतृत्व दवावमा परेका छन् । यस प्रकरणमा आरोपी एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् भने पक्राउ परेकाहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि कांग्रेस सांसद आरजु राणा देउवा र मन्जु खाँडको नामसमेत छन् । शीर्ष नेताहरुबीच यसै विषयमा छलफल हुने बुझीएको छ ।

प्रतिक्रिया