रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न अन्तरिम आदेश
अखबार टुडे
प्रकाशित:
२०८०, २५ बैशाख

काठमाडौं, २५ वैशाख । दुई करोड अडियो प्रकरणमा पार्टीबाट निष्कासित भई सांसद पदसमेत गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

पार्टीले आफूमाथि गरेको कारबाही अवैध रहेको भन्दै श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठलाई कारबाही नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वाेच्चले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । साथै कारण देखाऊ आदेश पनि दिएको छ । रास्वपाको कारबाहीपछि समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पदसमेत रिक्त भइसकेको छ ।

सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको सूचना प्रतिनिधिसभामा सुनाइसकेका छन् । व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भई सांसद पदसमेत गुमाएका थिए ।

प्रतिक्रिया