पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, २५ बैशाख

काठमाडौं, २५ वैशाख (एजेन्सी) । पेरुको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको छ । जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको हो ।

सरकारी अधिकारीहरूले घटनाको जाँच भइरहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार दक्षिण अमेरिकाको अरेक्विपा क्षेत्रमा रहेको सो खानीमा सर्ट सर्किटका कारण आगलागी भएको थियो ।

समाचार एजेन्सी एपीका अनुसार उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको बीचमा भएको यो दुर्घटनाबाट १७५ जना श्रमिकलाई सुरक्षित उद्धार गरेको जानकारी दिएको छ ।

पेरु विश्वको सबैभन्दा धेरै सुन उत्पादक देशहरू मध्येमा पर्दछ । यहाँ हरेक वर्ष १ सय टनभन्दा बढी सुन उत्पादन हुन्छ । पेरुले वैश्विक सुन उत्पादनको ४ प्रतिशत हिस्सा ओगट्छ ।

प्रतिक्रिया