सांसद अमरेशकुमार सिंह जब संसदभित्रै अर्धनग्न भए
अखबार टुडे
प्रकाशित:
२०८०, २५ बैशाख

काठमाडौं, २५ वैशाख । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको बैठकमा आफूले लगाएका लुगा खोलेका छन् । सोमबारको बैठकमा बोल्न नपाएको भन्दै उनले आफूले लगाएको सर्ट र भित्री गन्जी खोली लुगा खोलेका हुन् ।

आजको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरे पनि सभामुखले दिएका थिएनन् । बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले अर्धनग्न भएर विरोध जनाएका हुन् ।

सांसद सिंहले लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गरे भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरे । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी उनले दिए । यससँगै सभामुखले शून्य समयको कार्यक्रम प्रारम्भ गरे। हाल प्रतिनिधि सभा बैठक चलिरहेको छ ।

प्रतिक्रिया