नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु हुन्न : माधव नेपाल
अखबार टुडे
प्रकाशित:
२०८०, २४ बैशाख

काठमाडौं, २४ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यस प्रकरणमा संलग्न साना–ठूला सबैलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

‘सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै हालतमा झुक्नुहुँदैन,’नेपालले भने । उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याइ सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया