काठमाडौं आइपुगे बलिउड अभिनेता आमिर खान
अखबार टुडे
प्रकाशित:
२०८०, २४ बैशाख

काठमाडौं, २४ वैशाख । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट ५८ वर्षे खान आइतबार बिहान काठमाडौं ओर्लेका हुन् ।

उनलाई पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् । त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ ।

बलिउडमा आमिरको फरक छाप र छवि छ । उनले कैयौँ हिट फिल्म खेलेका छन् । टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि उनको चर्चा संसारभर भएको थियो ।

प्रतिक्रिया